प्रधानमन्त्रीको जिल्लामा प्रचण्डसहितका नेताले केराको पातमा खाना खाएर स्वाद लिए

काठमाडौं । प्रधानमन्त्री पदको कुर्सी फुत्किएपछि कार्यकर्ताको घरमा खाना खाँदै हिँडेको नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापामा केराको पातमा खाना खाएका छन् ।
सोमबार माओवादीका अन्य नेताहरूका साथ केराको पातमा खाना खाएर नयाँ अनुभव र खानाको स्वाद लिएका छन् । प्रधानमन्त्री हुँदासम्म कार्यकर्ताको घरमा नटेकेको दाहालले आजकाल कार्यकर्ताको घरमा पुगेर खानाको स्वाद फेरिफेरि खानाखाने गरेका छन् ।
हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा उनीहरू झापाको कचनकवल पुगेका छन् । दाहालसहितका नेताहरूले झापामा स्व.सुनिल राजवंशीको घरमा केराको पातमा खाना खाएर मजा लिएका छन् ।
केराको पातमा खाना खाएर स्वाद लिनेमा अध्यक्ष दाहालका साथै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, प्रचण्डकी छोरी गंगा दाहाल लगायतका छन् ।
झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पर्छ । झापाबाट माओवादीले आफ्नो राजनीतिक कार्यक्रमको सुरुवात गर्न लागेको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया