गृहमन्त्रीविरुद्ध सुण्डमुण्डसँग गोप्य कोठाभित्र भएको खगेन्द्रको षड्यन्त्रको अडियो लिक

काठमाडौं । दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले गृहमन्त्री रमेश लेखकविरुद्ध आफ्ना सुण्डमुण्डहरूसँग मिलेर विभिन्न षड्यन्त्र र रणनीति बनाएको गोप्य बैठकको अडियो सार्वजनिक भएको छ ।
काठमाडौं उपत्यकाभित्र केही दिन अगाडि सुनारले आफ्ना सुण्डमुण्डहरूलाई कोठाभित्र राखेर योजना बनाएका छन् । केही दिन अगाडिको सुनारको अडियो अहिले आएर लिक भएको छ । उनका सुण्डमुण्डहरूले निकै अराजक र उत्तेजक अभिव्यक्ति दिएको अडियोमा सुन्न सकिन्छ ।
सुनारले दलित आन्दोलनका नाममा हात, खुट्टामा ‘नेल’ लगाएर काठमाडौंको माइतीघर मण्डलामा बेलाबेला एक्लै प्रदर्शन गर्दै आएका छन् । एक हप्तादेखि उनले सर्लाहीका सत्यन्द्र राम र नेहा रौनियारको विषयलाई लिएर सुनारले एकल प्रदर्शन गर्दै आएका छन् ।
सुनारले गृहमन्त्री लेखकविरुद्ध कसरी रणनीति बनाएका छन् भन्ने रहस्य अडियोमा सुन्न सकिन्छ । उनले दलित आन्दोलनलाई बल पुग्ने गरेर राजनीतिक कुरा र योजनाभन्दा पनि गृहमन्त्री लेखकविरुद्ध व्यक्तिगत रुपमा योजना बनाएको देखिएको छ । सुनारका सुण्डमुण्डको अभिव्यक्तिले पनि उनीहरूको योजना विदेशी शक्तिको आडमा भइरहेको हो की भन्ने संकेत गरेको छ ।
हरी लगाएर सतेन्द्र–नेहालाई दमन गरेको गृहमन्त्री रमेश लेखकले केही फुस्टाहरु परिचालन गरेर हामीलाई धम्काउन, थर्काउन, फसाउन खोजेको गन्ध आएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा सुनारले गृहमन्त्री लेखकलाई धम्की दिँदै शुक्रबार लेखेका छन्, ‘दम छभने लडौं सामन्तीहरूसंग लड्न हामी तयार छौं । गृहमन्त्री मुर्दाबाद् ।’ सुनारले फेसबुकमा गृहमन्त्री लेखकको तस्बिर समेत राखेर धम्की दिएका छन् ।
अडियोमा सुनारले भनेका छन्, ‘कांग्रेसको पार्टी कार्यालयमा नेल लगाएर जान्छु । माइतीघर मण्डलामा आउँछु । मुख्यसचिवलाई भेटेर । नेल लगाएर जान्छु । हिँड्दै जान्छु ।’
‘भोलि माइतीघर मण्डलामा खुला प्रेस मिट गर्नु पर्यो गृहमन्त्रीलाई कारबाही गर भनेर । नेल लगाएर जाहेरी बोकेर प्रहरी परिसरसम्म हिँड्दै जाने’, उनले भने ।
‘दर्ता गर्न मानेन भनेर नेल लगाएर अदालतमा जाने । मानवअधिकार आयोगमा दर्ता गर्ने’, सुनारले अडियोमा भनेका छन्, ‘दलित आयोगमा मुद्दा दर्ता गर्ने । केन्द्रीय कार्यालयमा जाने । सिंहदरबारमा जाने । त्यहाँ पक्राउ परिहालिन्छ । संसद भवन जाने ।’
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया