तरुण अध्यक्ष गुरुङद्वारा कार्यादेशसहित जिल्ला कार्यसमितिहरूलाई परिपत्र

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै तरुण दलको पूर्ण सदस्यता वितरण गर्न निर्देशन दिएका छन् ।

शुक्रबार अध्यक्ष गुरुङले सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर भनेका छन्, ‘नेपाल तरुण दलको पूर्ण सदस्यता २०८१ फागुन १ गतेबाट वितरण सुरु गर्ने र पूर्ण सदस्यता दलको जिल्ला कार्यसमितिबाट मात्रै वितरण गरिने भएकोले पूर्ण सदस्यता फारम दलको केन्द्रीय कार्यालयमा अविलम्ब सम्पर्क गरि लग्नु होला ।’

‘दलको जिल्ला कार्यसमितिले जिल्लाभित्रका केन्द्रीय कार्यासमितिका सदस्यहरूको समन्वय र उपस्थितिमा जिल्ला कार्यसमितिको बैठक बसी पूर्ण सदस्यता वितरणको कार्यतालिका बनाई प्रतिनिधिहरू वडा तथा पालिकाहरूमा खटाउनु होला’, अध्यक्ष गुरुङले परिपत्रमा भनेका छन् ।

परिपत्रमा भनिएको छ, ‘वितरण गरिएका पूर्ण सदस्यताका सम्पूर्ण फारमहरू वडा÷वडाबाट संकलन गरि जिल्ला कार्यसमितिको निर्णयसहित प्रतिसदस्यत एक सय लेवीसहित २०८१ फागुन २९ गतेसम्म स्वीकृतिको लागि दलको केन्द्रीय कार्यालयमा पठाउनु होला ।’

‘जिल्ला कार्यसमितिले दलको पूर्ण सदस्यहरूको आवेदन फारम र नवीकरण फारम संकलन गरि तपशिलको तालिका बमोजिम नामावली उल्लेख गरि पठाउनु होला’, अध्यक्ष गुरुङले परिपत्रमा निर्देशन दिएका छन् ।

Published : Friday, 2025 February 14, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया