रास्वपा र माओवादीले संसद अबरोध गर्नेगरी कांग्रेसका सांसद खतिवडाले के भनेका थिए ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगको अभियोगमा मुद्दा खेप्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको नाम नलिएर विधि, पद्धति र नियम विपरित गरेका हर्कतको भण्डाफोर गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद खतिवडाले सत्तामा रहँदा र सत्ताभन्दा बाहिर रहँदा रास्वपाका नेताहरूको कुरा बुझ्न नसकिएको बताए । उनले यस्ता दुई चरित्रको अन्त्य हुनुपर्ने माग गरेका छन् ।
उनले भने, ‘संसद हामीले सुरु गर्दैगर्दा धेरै कुराहरू सुन्नमा आयो । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आयो । तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ ।’
‘एक नम्बरको नबनाएर १५ नम्बरकोलाई प्रमोशन गरेको हामीले हिजो देख्यौँ’, खतिवडाले भने, ‘आईजीपीलाई समितिमा बोलाएर निर्दोष छ भनिदेन भनेर कानेखुसी गरेको पनि सुन्यौँ ।’
कांग्रेसका सांसद खतिवडाले भने, ‘कसले सदुपयोग गर्यो, कसले दुरुपयोग गर्यो हामीले त्यहाँ हेर्नुपर्ने बेला भएको छ ।’
‘प्रहरीमा हाईजम्प, लमजम्प लागू गरियो । दुई ब्याज पछाडिकोलाई प्रमोशन गरियो’, खतिवडाले भने, ‘त्यति मात्रै होइन प्रहरीमा हिजो ५२ दिनमा सरुवाहरू स्थगित गरि आफ्ना मान्छेहरूलाई पठाउने काम गरियो ।’
सभापति खतिवडाले भने, ‘कसका पालामा भएको थियो त्यो पनि सदनमा जवाफ चाहियो भनेर म अनुरोध गर्न चाहन्छु ।’
‘बहस गर्ने वकिललाई छ्यामछ्याम गालामा हान्दै सडकमा घिसार्ने कामको सुरुवात भयो । त्यति मात्रै भएन, अदालतमा मुद्दा चलिरहँदा बाहिर जुलुस निकालेर जिन्दावाद, मुर्दावाद भन्न लगाउने प्रचलन सुरु भयो । यो कसले गरेको थियो ?’, उनले भनेका छन् ।
‘सदनमा आएर फेरि पनि म अनुरोध गर्न चाहन्छु । एउटा कुरा गर्ने, सत्तामा हुँदा, प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पद्धतिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले यो र त्यो भने भनेका छैनौँ । सत्तामा हुँदा एउटा कुरा गर्ने, प्रतिपक्षमा हुँदा एउटा कुरा गर्ने पद्धतिको अन्त्य हुनुपर्छ भन्ने कुराको माग छ’, सांसद खतिवडाले भने ।
सांसद खतिवडाले संसदमा बोल्नका लागि नाम टिपाएका थिए । सभामुखको कुर्सीमा रहेकी उपसभामुख ईन्दिरा रानाले खतिवडाको नाम भनेर बोल्न समय दिन भुलेकी थिइन् । अन्तिममा उनले खतिवडालाई बोल्न समय दिएकी थिइन् । त्यसपछि रास्वपाका सांसद गणेश पराजुलीले कुन नियमअनुसार खतिवडालाई बोल्न समय दिएको भनेर प्रश्न उठाउँदा विवाद भइ केही समय संसदको बैठक अबरुद्ध भएको थियो ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया