समयले काँचुली फेरेको छ, यो सरकार स्थिर सरकार हो : परराष्ट्रमन्त्री डा.राणा

धनगढी । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले अहिलेको सरकार स्थिर सरकार रहेको बताएकी छिन् ।
शनिबार कैलाली जिल्लामा कांग्रेसको थारु विभाग र थारु संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले कांग्रेस अहिले सत्तामा आएको बताइन् । उनले समयले काँचुली फेरेको बताएकी छिन् ।
उनले भनिन्, ‘त्यसपछि सोँचेअनुसार काम हुन नसकेको हुन सक्छ । समयले काँचुली फेरेको छ । कांग्रेस सरकारमा आएको छ । यो सरकार स्थिर सरकार हो । यो सरकारले गर्नुपर्ने काम गर्नेछ ।’
डा.राणाले कांग्रेसका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्तकमैया र मुक्तकमलरीको उन्मुलनको निर्णय गरेको बताइन् । उनले कांग्रेसले थारु समुदायका लागि केही गरेको छैन भनेर लगाइने गरेको आरोपको खण्डन गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘मुक्तकमैया र मुक्त कमलरीहरू तथा उनीहरूका सन्तानलाई कसरी सहयोग गर्न सकिन्छ भनेर कांग्रेसले थारु विभाग बनाएको हो ।’

डा.राणाले उत्तेजनाको राजनीतिले कसैको पनि जीवन परिवर्तन र हित नहुने बताइन् । उनले भनेकी छिन्, ‘राजनीतिले हरेक मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छ । उत्तेजना बनाउने कुराले मात्रै परिवर्तन गराउन सक्दैन । कांग्रेसले ल्याउने नीतिले मानिसको जीवनमा परिवर्तन ल्याउने हो ।’
डा.राणाले भनिन्, ‘२०५८ सालमा हो कमैयामुक्ति हाम्रो पार्टीका नेता त्यस बेला उहाँ प्रधानमन्त्री पनि हुनुहुन्थ्यो, शेरबहादुर देउवाजीले गर्नुभएको हो । कमैयामुक्ति २०५८ सालमा भएको हो । कमैयामुक्तिबाट बाहिर ल्याएर नागरिक बनाउने काम कांग्रेसले गरेको छ ।’
उनले भनिन्, ‘मुक्त कमैया र मुक्त कमलरीहरू तथा उनीहरूका सन्तानलाई कसरी सहयोग गर्न सकिन्छ भनेर कांग्रेसले थारु विभाग बनाएको हो ।’
‘थारु विभाग र थारु संघ पार्टीको मूलधारमा आउने बाटो हो । थारु समुदायका महिलाहरू पनि राजनीतिमा आउनुपर्छ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
‘सिकलसेल बिरामीको समस्या छ । यो बिरामीको उपचारका लागि मबाट हुने सहयोग गर्नेछु’, डा.राणाले भनिन्, ‘सिकलसेल बिमारीको बारेमा स्कुलबाट विद्यार्थीलाई जानकारी गराउनुपर्छ । यो बिरामीको परीक्षण पनि सानै उमेरमा गराउनुपर्छ ।’

उनले भनिन्, ‘सधैँभरि राजनीतिक प्रतिवद्धता चाहिन्छ । चुनावको बेला रुखमा भोट हाल्ने सबैभन्दा ठूलो प्रतिवद्धता हो । हुन त समय बाँकी छ । चुनाव हुने २०८४ सालमा हो । अहिले देखिनै चुनाव हेर्न आग्रह गर्दछु ।’
परराष्ट्रमन्त्री डा.राणाले थारु समुदायका नेताहरू परशुनारायण चौधरी, योगेन्द्र चौधरी, डिल्लीबहादुर चौधरी, जीवन रानालाई अगाडि ल्याएको बताइन् । उनले भनिन्, ‘वीपी कोइरालाले थारु समुदायबाट पहिलो पटक त्यही बेलामा हो महामन्त्री बनाउनु भएको थियो । अहिले पनि नेपाली कांग्रेस नै खास गरेर शेरबहादुर देउवाले नै डिल्लीबहादुर चौधरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउनु भएको हो । जीवन राना पनि पहिला महिला हो । त्यो पनि थारु महिला । नीति आयोगको उपाध्यक्षको रुपमा नियुक्त हुनु भएको छ । त्यो पनि नेपाली कांग्रेसकै पहलमा भएको हो ।’
‘योगेन्द्र चौधरी थारु नेता हो । तर, मेरो पनि नेता हो । उहाँको विश्लेषण, उहाँको कुराहरू बोल्दा सबै केन्द्रीय सदस्यहरूले रुचाउँछन् । हाम्रो परिवेश सानो बनाउने होइन, ठूलो बनाएर जानुपर्छ । कांग्रेसलाई ठूलो पार्टी बनाउने हो । देशभरिका थारुहरूलाई समेटेर जानुपर्छ’, डा.राणाले भनिन् ।

उनले रेशम चौधरीलाई रिहा गराउने कांग्रेसको पनि भूमिका रहेको बताइन् । ‘रेशम चौधरीलाई छुटाउन पनि हामीले पनि पहल गरेका हौँ । उहाँ कैलालीबासी हो । हाम्रो दाजुभाई हो । सुदूरपश्चिमबासी हामी एउटै छौँ’, डा.राणाले भनिन् ।
परराष्ट्रमन्त्री डा.राणाले थारु समुदाय कांग्रेससँग छन् भन्ने कुराको सन्देश कार्यक्रममा रहेको उपस्थितिले देखाएको बताएकी छिन् ।
उनले भनिन्, ‘आजको दिनले मलाई लागेको छ की थारु विभाग वा थारु संघको मात्रै कार्यक्रम होइन । नेपाली कांग्रेसको मूल विभागको यो कार्यक्रम हो । कांग्रेससँग थारु समुदायका मानिसहरू छैनन् भन्ने कुरा यो कार्यक्रमले खण्डन गरेको छ ।’
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थारु विभागका प्रमुख योगेन्द्र चौधरी, नेपाल तरुण दलका केन्द्रीय सदस्य अविनाश चौधरी लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया