माओवादी ‘पुच्छर’ घिसिङद्वारा ओली सरकारविरुद्ध गतिविधि, टंककाे हर्कतबाट मन्त्री दिक्क

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समेत दिएको निर्देशनलाई अटेर गर्दै आएका छन् ।
खेलकुदमन्त्री चौधरीले खेलकुद, खेलाडी, प्रशिक्षक, कर्मचारी लगायत खेलकुदसँग सम्बन्धित विषयमा कार्यसम्पादनका लागि मौखिक र लिखित निर्देशन दिने गरेका छन् । तर, सदस्य सचिव घिसिङले मन्त्री चौधरीलाई टेरपुच्छर लगाएका छैनन् ।
सदस्य सचिव घिसिङले मन्त्री चौधरीलाई असफल बनाउन कार्यसम्पादनमा अटेर गर्ने गरेको आरोप लागेको छ । नेकपा (माओवादी केन्द्र) निकटका घिसिङले खेलकुद मन्त्री मात्रै होइन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समेत असफल बनाउन सक्रिय भएर लागेका छन् ।
नेपाल उसु महासंघको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नेपाल उसु महासंघमा वीरबहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नेपाल उसु महासंघको नयाँ नेतृत्व र अधिवेशनका सम्बन्धमा खेलकुद परिषदले अभिलेख राख्नुपर्छ । महासंघको नेतृत्वको अभिलेखका लागि पत्र पठाउनेदेखि ज्ञापनपत्र समेत बुझाइसकेको छ । तर, सदस्य सचिव घिसिङले राजनीतिक प्रतिशोध राखेर नेपाल उसु महासंघको अधिवेशन र नयाँ कार्यसमितिको अभिलेख राख्न अटेर गरिरहेका छन् ।
नेपाल उसु महासंघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम परिच्छेद ६ को दफा २६ को उपदफा ३ बमोजिम अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेतृत्व रहेको संघ वा महासंघ मात्र परिषदमा दर्ता भई राष्ट्रियस्तरको कार्यक्रम गर्ने व्यवस्था भएकोले यसको तत्काल लागू गरिनुपर्ने माग गरेको छ ।
खेलकुदमन्त्री चौधरीको निर्देशनबाट नेपाल उसु महासंघको निर्वाचनको अभिलेख राखी कार्यान्वयन गर्न गराउन मिति २०८१ भदौ ११ गते युवा तथा खेलकुद मन्त्रालयको पत्रद्वारा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई निर्देशन भएअनुसार कार्यान्वयन गरिने मौखिक आश्वासन मात्रै दिइ ढिलासुस्ती गरिएको भन्दै यथाशीघ्र कार्यान्वयन गरिनुपर्ने माग छ ।
शुक्रबार राष्ट्रिय खेलकुद परिषदको कार्यालय, त्रिपुरेश्वरमा सदस्य सचिव टंकलाल घिसिङलाई नेपाल उसु महासंघले ज्ञापन पत्र बुझाउने क्रममा होहल्ला समेत भएको छ । सदस्य सचिव घिसिङको कर्तुतको विरोध गर्दै महासंघमा आवद्ध खेलाडीहरूले विरोधा नाराबाजी समेत गरेका छन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया