डा.आरजु राणाकै विशेष पहलमा महिलाहरूले स्थानीय तहमा अधिकार पाए : कांग्रेस नेता चौधरी

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् थारु विभागका प्रमुख योगेन्द्र चौधरीले डा.आरजु राणाको विशेष पहल र नेतृत्वमा मा स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमध्ये एकजना महिला अनिर्वाय उम्मेदवार बनाउनुपर्ने प्रावधान संविधानमा समावेश भएको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस कैलालीले धनगढीमा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता चौधरीले कांग्रेस नेतृ डा.आरजु राणासँग कांग्रेसका नेता, कार्यकर्ताले ठूलो आशा राखेको बताए । एकजना सक्षम महिलाले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हाल्दा देशको गरिमा बढाएको उनले बताए ।
उनले भने, ‘परराष्ट्रमन्त्री डा.आरजु राणा यो मुलुकमा महिलाहरूको अधिकारका निम्ति नेपाली कांग्रेसभित्र जे भूमिका खेल्नु भयो, स्थानीय तहमा महिला र पुरुषमध्ये एकजना अनिर्वाय उम्मेदवार बनाउनुपर्ने जे कानूनी या संवैधानिक व्यवस्था भयो त्यो व्यवस्था आरजु राणाले गर्दा आज देशभरिका महिलाहरूले अधिकार प्रयोग गर्न पाएका छन् ।’
‘कांग्रेसले केही गरेन भनेर जे आरोप लागेको छ, देशको संविधान जारी नभएको भए समानुपातिक, समावेशी कहाँ पुग्ने थियो ? संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भयो’, नेता चौधरीले भने ।
‘संविधानमा समानुपातिक र समावेशी उल्लेख छ । थारुको अधिकार छ । आदिवासीको अधिकार छ । महिलाको अधिकार छ । दलितको अधिकार छ । सबैको अधिकार उल्लेख छ’, कांग्रेस नेता चौधरीले भनेका छन् ।
‘संविधानको पूर्ण कार्यान्वयन हुन सकेको छैन । कमसे कम नेपालको मूल कानूनमा हामो अधिकार सुरक्षित भएको छ’, उनले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो र त्यो सरकारले संविधान जारी गरेको हो ।’
चौधरीले भने, ‘कांग्रेसले केही गरेन भन्ने आरोप सत्य छैन । कमैयामुक्ति आन्दोलन शेरबहादुर देउवाले सडकमा आएर कमैयासँग आन्दोलन गरेर आज २१औँ शताब्दीमा मध्ययुगिन झल्को आउने दास प्रथाको अन्त्य शेरबहादुर देउवाको दवावमा अन्त्य भयो । थारुहरूको लागि यो सामान्य विषय होइन । धेरै कुरा कांग्रेसको नेतृत्वमा भएको छ ।’
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया