परराष्ट्रमन्त्री डा.राणा र इरानका विदेशमन्त्रीबीच कुराकानी, विपिन जोशीको रिहाइका लागि आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोनवार्ता गरेकी छिन् ।
बिहीबार राति डा.राणा र इरानका विदेशमन्त्री अराघ्चीबीच विपिन जोशीको रिहाइका विषयमा कुराकानी भएको हो । डा.राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इरानसँग आग्रह गरेकी छिन् ।
इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन जोशी रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
विपिन जोशीलाई मुक्त गर्न परराष्ट्रमन्त्री डा.राणाले निरन्तर कूटनीतिक पहललाई जारी राखेकी छिन् । उनले विभिन्न दलका परराष्ट्रमन्त्रीहरूसँग सम्वाद गर्दै आएकी छिन् ।
इजरायलका लागि नेपाली राजदूत प्रा.डा.धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनमा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया