प्रेम विवाह विरोधी गृहमन्त्री लेखकको कर्तुत् बाहिर आयो, सांसदहरूद्वारा विरोध

काठमाडौं । गृहमन्त्री रमेश लेखकको निर्देशनमा सर्लाही जिल्लामा जातीय विभेदको कार्यलाई संरक्षण गरेको भन्दै आलोचना भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले शक्तिको दुरुपयोग गरेर गृहमन्त्री लेखकले जातीय विभेद गरेको बताएका छन् । सांसदहरूले सर्लाहीमा अन्तरजातीय विवाहलाई बालविवाहको मुद्दा दर्ता गराएर दुःख दिएको भन्दै आलोचना गरे ।
नेपाली कांग्रेसकी सांसद शान्ति विकले गैरदलित युवतीसँग प्रेम विवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम चमारलाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको बताइन् । उनले सर्लाहीकै नेहा रौनियारसँग प्रेम विवाह गरेको रिसमा सत्येन्द्रले गृहमन्त्रीकै निर्देशनमा अन्याय भोगिरहेको भन्दै सरकारसँग जवाफ मागेकी छिन् ।
संसद् बैठकको आकस्मिक समयमा सांसदहरू शान्ति विक, शिव नेपाली, सुमना श्रेष्ठ, रणेन्द्र बराइली, हर्कमाया विकलगायतले गृहमन्त्री रमेश लेखकको चर्को आलोचना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार चमार र नेहा रौनियारको अन्तरजातीय विवाहलाई बालविवाह भनेर मुद्दा दर्ता गर्न गृहमन्त्री लेखकले प्रहरी प्रशानलाई दवाव दिएको आरोप छ । गृहमन्त्री लेखकको आदेशपछि उमेर पुगेका सत्यन्द्र र नेहाको विवाह सम्बन्ध तोड्न बालविवाहको मुद्दा लगाइएको छ ।
सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा गृहमन्त्री लेखक नै जातीय विभेद बढाउने कार्यमा संलग्न रहेको सांसदहरूले बताए । सांसदहरूले गृहमन्त्री लेखकको जवाफ समेत माग गरेका छन् ।
गृहमन्त्री लेखकको आलोचना गर्नेमा नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरू रहेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया