सहकारी ठगका अभियुक्त शाक्तिशाली रविलाई प्रहरीको जिम्मा, लुईटेलमाथि छानविन

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जिम्मेवारीअनुसार काम नगरेपछि कारबाहीमा परेका छन् ।
बुधाबर महान्यायाधिवक्ताको कार्यालयले लुईटेलमाथि अनुसनधान गर्न नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।
छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् ।
छानबिन समितिले चितवनको सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेलगायतविरुद्ध चितवन जिल्ला अदालतमा दायर गरेको दर्ता अभियोगपत्रको छानबिन गर्ने प्रवक्ता दाहालले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलगायतमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नलगाउने चितवन जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीमाथि छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको हो ।
यसैबीच, सहकारी ठगका अभियुक्त रास्वपाका सभापति लामिछानेलाई बुधबारको बहसपछि प्रहरीको जिम्मा लगाइएको छ । अदालतमा बिहीबार बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइ जिल्ला प्रहरी कार्यालय चितवन पठाएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताएका छन् ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको सम्बन्धमा रवि लामिछानेविरूद्ध चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस सुरू भएको हो । मुद्दामा वादीका तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले बताए ।
जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि बुधबारको बहस पूरा भएको छ । जाहेरवालाका तर्फबाट एकजना वरिष्ठ अधिवक्तासहित चारजनाले बहस गर्दैछन् ।
प्रतिवादी रवि लामिछानेका तर्फबाट १० जना कानून व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया