अध्यादेशहरूबारे कार्यविधि तयार, प्रमुख सचेतकहरूसँग परामर्श

काठमाडौं । सभामुख र प्रमुख सचेतकहरूले अध्यादेशहरूको प्रस्तावमा सदनमा छलफल गर्ने विषयमा कार्यविधि बनाएका छन् ।
बुधबार सिंहदरबारमा बसेको सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूको बैठकले प्रतिनिधि सभाको बिहीबारको बैठकको तयारी गरेको हो । अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने सहमति गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बताए ।
मन्त्री चौरसियाले अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई ५ मिनेट र समर्थकलाई ३ मिनेट बोल्न दिने सहमति बनेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिँदैछ । निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ ।
६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ । ६ वटा अध्यादेशउपर प्रतिनिधिसभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया