अध्यादेशहरूप्रति जसपा नेपाल नरम, सरकारलाई ठूलो राहत
काठमाडौं । सरकारले संसदमा अनुमोदनका लागि पेश गरेका अध्यादेशहरूप्रति जनता समाजवादी पार्टी नेपाल (जसपा)ले लचकता देखाएको छ ।
बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेशअनुसार आफ्नो पार्टीको धारणा फरक हुन सक्ने बताए । उनले भने, ‘अध्यादेशहरूलाई हामीले सोलोडोलो हेरेका छैनौं । ब्ल्याक एण्ड ह्वाइटमा हेरेका छैनौं ।’
अध्यादेशको विषयको आधारमा धारणा बन्न सक्ने उपाध्यक्ष यादवले बताएका छन् । उनले अध्यादेशको विषयमा संसदीय दलले निर्णय गर्ने बताएका छन् ।
‘अध्ययनको आधारमा स्पेसिफिक अध्यादेशमा हाम्रो फरक–फरक धारणा हुन सक्छ’, उपाध्यक्ष यादवले भने, ‘एउटामा हामी सकारात्मक हुन सक्छौं । अर्कोमा जो गम्भीर प्रकारका असहमतिहरू छभने त्यसलाई त्यही ढंगले हेर्छौं ।’
बिहीबार बिहान ११ बजे जसपा नेपालको संसदीय दलको बैठक बस्न लागेको छ । अध्यादेशमा के गर्ने भनेर जसपा नेपालले निर्णय लिनेछ ।
सरकारले जारी गरेका ६ वटा अध्यादेशहरू सदनमा प्रस्तुत भइसकेका छन् । बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिनिधि सभामा सत्तापक्षको बहुमत पुग्नेछ । तर, राष्ट्रिय सभामा अध्यादेशहरू अनुमोदन हुन जसपा नेपालको समर्थन आवश्यक पर्छ । जसपा नेपाल अध्यादेशहरूमा नरम देखिएपछि सरकारलाई केही राहत मिलेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया