सभापति देउवालाई पोखरामा भव्य स्वागत, सभापति र उपसभापतिहरूको भेलामा सहभागी हुने
पोखरा । नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरूको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सभापति शेरबहादुर देउवा पोखरा आएका छन् ।
आइतबार बिहान सभापति देउवा पोखरा आएका हुन् । काठमाडौंबाट पोखरा आएका देउवाले माघ २२ र २३ गते पोखरामा कार्यक्रम हुन लागेको जिल्ला सभापति तथा उपसभापतिहरूको प्रशिक्षणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् ।
सभापति देउवाले पोखरामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग पनि भेटवार्ता गर्नेछन् । उनले पार्टीको संगठन निर्माणका विषयमा जानकारी पनि लिनेछन् ।
पोखरा विमानस्थलमा सभापति देउवालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेको सभापति देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताएका छन् ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला सभापति र उपसभापतिहरूको प्रशिक्षण कार्यक्रम राखेको छ । प्रतिष्ठानले पोखरामा दुई दिनसम्म प्रशिक्षण गर्न लागेको हो । नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते पोखरामा कार्यक्रम हुन लागेको प्रतिष्ठानका प्रमुख एवम् कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
प्रशिक्षणको कार्यक्रममा ७७ वटा जिल्लाका सभापति र उपसभापतिहरूलाई सहभागी गराइनेछ । प्रशिक्षणको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । प्रशिक्षण कार्यक्रममा सहभागी हुने कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितका नेताहरू पनि पोखरा आइपुगेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया