सहकारी ठगका अभियुक्त रास्वपा सभापति रविद्वारा ग्रहदशा हटाउन बटुक भैरवकाे दर्शन

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरमा रहेकाे बटुक भैरवको मन्दिरमा दर्शन गरेर ग्रहदशा कटाउन खाेजेका छन् ।
आइतबार बिहान पत्नी निकिता पौडेलसहित लामिछाने बटुक भैरवकाे दर्शन गर्न पुगेका हुन् । उनले पत्नी निकिताला लाइनमा अगाडि राखेका छन् ।
आफू पत्नीको पछाडि उभिएका छन् । मुखमा मास्क लगाएर नचिनिने अवस्थामा लामिछाने लाइनमा देखिएका छन् । सहकारी ठगीमा पक्राउ परेर लामाे समय हिरासतमा बसेर धरौटीमा छुटेका लामिछाने ग्रहदशा कटाउन धार्मिकस्थलकाे भ्रमणमा निस्किएका छन् ।
लामिछानेकि पत्नी निकिता निकै धार्मिक छिन् । निकिता काली माताकाे भक्त पनि हुन् । निकिताले कालाे टीका लगाउने गरेकाे तस्बिरहरूमा देखिने गरेकाे छ ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया