सभापति देउवाद्वारा तराई–मधेश समन्वय विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई–मधेश समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिअनुसार देउवाले विभागमा दश जना सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागकी प्रमुख किरण यादवको सिफारिसमा सभापति देउवाले व्यक्तिहरूलाई मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा कृष्णवर्त सिंह (बारा), सहसराम यादव (कपिलवस्तु), प्रमोदकुमार झा (सप्तरी), मोहनलाल कलवार (नवलपुर), श्यामदेव मेहता (सुनसरी) रहेका छन् ।
अरूणकुमार सिंह (सिरहा), रामकृपाल यादव (रौतहट), दिलमाया अधिकारी (काठमाडौं), लालबहादुर राउत राय (कञ्चनपुर) र उमेश चौधरी (सर्लाही) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया