कांग्रेस संसदीय दलको बैठक बस्दै, सभापति देउवाले निर्देशन दिने
काठमाडौं । संसदको दुबै सदनमा प्रस्तुत हुने विषयमा रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बैठक दिउँसो २ बजे बस्नेछ । संसदको हिउँद अधिवेशन माघ १८ गतेबाट शुरु हुन लागेको छ । संसदको बैठकको तयारी स्वरुप कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
बैठकमा समग्र राजनीति र संसदमा कांग्रेसको रणनीतिका विषयमा सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले निर्देशन दिनेछन् ।
कांग्रेसले सरकारको अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुनेछ ।
Published : Sunday, 2025 January 26, 11:32 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया