उजरीहरूबारे अध्ययन गर्न कांग्रेस सांसदको नेतृत्वमा उप–समिति गठन

काठमाडौं । सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा उप–समिति गठन गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले गौतमको संयोजकत्वमा ७ सदस्सीय उप–समिति गठन गरेको सभापति ऋषिकेश पोखरेलले बताए ।
सभापति पोखरेलले समितिमा १०० उजुरीहरू परेको जानकारी गराएका छन् । ती उजुरीहरूबारेमा छानबिन गर्न ७ दिनको समय दिएर उप–समिति गठन भएको छ ।
उप–समितिको सदस्यहरूमा एमालेका सांसद गोकुल बास्कोटा, नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल, कांग्रेस सांसद मञ्जु खाण, नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आले र स्वतन्त्र सांसद अमरेशकुमार सिंह रहेका छन् ।
यसैबीच, सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय गरेको छ । मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया