अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन : डा.शशांक कोइराला
भरतपुर । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
मंगलबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै नेता डा.कोइरालाले संविधान संशोधनका लागि सबैसँग छलफल गरेर अगाडि बढ्न कांग्रेस तयार रहेको बताए ।
संविधान संशोधनका विषयमा विपक्षी दलहरूसँग समेत छलफल भइरहेको नेता डा.कोइरालाले बताएका छन् ।
उनले संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो ? स्पष्ट हुनुपर्ने बताएका छन् ।
देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको डा.कोइरालो बताए । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने बताएका छन् ।
उनले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।’ अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उनले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया