सभापति देउवाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई प्रदान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
मंगलबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । देउवाले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई शुभकामना दिएका छन् ।
सभापति देउवाले भनेका छन्, ‘डोनाल्ड ट्रम्पलाई संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई । मलाई विश्वास छ कि तपाईंको कार्यकालमा नेपाल र अमेरिकाको बीचको सम्बन्ध अझ प्रगाढ हुनेछ ।’
कांग्रेस सभापति देउवाले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया