सभापति देउवासँग प्रतिनिधि सभा र प्रदेश सांसदहरूद्वारा संयुक्त भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधि सभा र प्रदेशका सांसदहरूले भेट गरेका छन् ।
आइतबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग प्रतिनिधि सभाका सांसदद्वय टेकबहादुर गुरुङ र राजु थापा, बागमती प्रदेश सभाका सांसद तीर्थबहादुर लामा, गण्डकी प्रदेशका सांसद जीतबहादुर शेरचनले भेट गरेका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद टेकबहादुर गुरुङले समग्र राजनीतिक विषय र कांग्रेसको संगठन निर्माणमा केन्द्रित रहेर सभापति देउवासँग कुराकानी भएको बताए ।
उनीहरूले पार्टीभित्रको आन्तरिक संगठनका विषयमा छलफल गरेको नेपाली कांग्रेस बाग्लुङका सभापति समेत रहेका प्रदेश सांसद जीतबहादुर शेरचनले बताए ।
सभापति देउवासँगको भेटमा सांसदहरूसँगै नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य बचन कार्की पनि गएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया