कोशी कांग्रेसका सभापति थापालाई कुटपिट गर्ने दुई जना पक्राउ

दमक । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विद्युत् कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गरेको विषयमा विवाद भएको थियो । सोही क्रममा कर्मचारीहरूले सभापति थापामाथि कुटपिट गरेका हुन् ।
पक्राउ पर्नेहरूमा कर्मचारीहरू शिवसताक्षी नगरपालिका वडा नं. ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई नगरपालिका वडा नं. ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
कुटपिटबाट थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ । उनको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भएको छ । उपचारपछि सभापति थापा घर फर्किसकेका छन् ।
शनिबार साँझ करिब ६ बजे कनकाई नगरपालिकास्थित जामुनबारी चोकमा सभापति थापामाथि कुटपिट भएको थियो । बा १ झ ६५३ नम्बरको गाडीमा बिर्तामोड घर फर्किँदै गरेका थापामाथि बा १ झ १८७० नम्बरको विद्युत् प्राधिकरण सुरुङ्गाको गाडीमा सवार कर्मचारीहरूले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया