तीन समितिका संयोजकहरू चयन गर्ने निर्णय कांग्रेसद्वारा अनुमोदन
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा आफ्नो प्रभावकारी कार्य गर्नका लागि संयोजकहरू चयन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकले विभिन्न समितिहरूमा संयोजक चयन गर्ने कांग्रेसको निर्णयलाई अनुमोदन गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका सांसद र समितिका सभापतिहरूलाई समन्वय गरेर विधेयक तथा विषयहरूमा सहयोग गर्न कांग्रेसले तीन वटा समितिमा संयोजकहरू चयन गरेको थियो ।
‘प्रतिनिधि सभा अन्तर्गतका अर्थ समितिका लागि माननीय डा. प्रकाशशरण महत, सार्वजनिक लेखा समितिका लागि माननीय संजय कुमार गौतम र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका लागि माननीय चन्दा चौधरी संयोजक चयन हुनु भएको निर्णयलाई यो बैठक अनुमोदन गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया