अधिवक्ता त्रिपाठीमाथि सांघातिक आक्रमण गर्ने अवाञ्छित व्यक्तिहरूलाई कारबाही गर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको सांघातिक आक्रमणको घोरा भर्त्सना गरेको छ ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको संसदीय दल कार्यसमितिको बैठकले अधिवक्ता त्रिपाठीमाथि सांघातिक आक्रमण गर्ने अवाञ्छित व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको छ ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०८१ माघ २ गते आफ्नो व्यवसायिक कार्य सकेर बाहिर निस्कने क्रममा अवान्छित व्यक्तिहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरेको साङ्घातिक आक्रमणको घोर निन्दा गर्दै दोषी उपर कडाभन्दा कडा कारवाही गर्न सरकारसँग यो बैठक आग्रह गर्दछ ।’
सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका कार्यकर्ताले बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि सांघातिक आक्रमण गरेका थिए । प्रहरीले त्रिपाठीलाई उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो ।
सहकारीपीडितहरूको तर्फबाट वरिष्ठ अधिवक्ता त्रिपाठीले वकालत गर्दै आएका छन् । रास्वपाका अराजक कार्यकर्ताहरूले त्रिपाठीमाथि आक्रमण गरेर उछृङ्खल हर्कत देखाएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया