महिला संघ अध्यक्ष रावतद्वारा जिल्ला कार्यसमितिहरूलाई परिपत्र, माघभित्र विवरण पठाउन निर्देशन
काठमाडौं । नेपाल महिला संघले माघ मसान्तभित्र पुराना र नयाँ सक्रिय सदस्यताहरूलाई सदस्यता वितरणको कार्यसम्पन्न गर्न मातहतलाई निर्देशन दिएको छ ।
बिहीबार संघकी अध्यक्ष उषा रावत मिश्रले जिल्ला कार्यसमितिहरूलाई परिपत्र जारी गरेर सदस्यता वितरणको कार्य सम्पन्न गरि सदस्यताको विवरण केन्द्रमा पठाउन निर्देशन दिएकी छिन् ।
‘निर्वाचन निर्देशक समितिको निर्देशन वमोजिम यस संघका सम्पूर्ण जिल्ला समितिहरूले मिति २०८१ माघ मसान्तभित्रमा पुराना र नयाँ सक्रिय सदस्यहरूलाई सदस्यता वितरणको कार्य सम्पन्न गरी सदस्यको विवरण (फारमसहित) केन्द्रीय समितिमा पठाउन हुन यो परिपत्र गरिएको छ । सदस्यहरूको विवरण पठाउँदा नियमानुसारको शुल्क समेत पठाउन हुन अनुरोध गर्दछु’, परिपत्रमा अध्यक्ष रावतले भनेकी छिन् ।
नेपाल महिला संघको महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा गठित निर्वाचन निर्देशन समितिको बैठक निरन्तर रुपमा बसिरहेको र अधिवेशन तयारीको सन्दर्भमा आवश्यक छलफल भइरहेको परिपत्रमा उल्लेख छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया