परराष्ट्रमन्त्री डा.राणा र इजरायलका विदेशमन्त्री गिडियनबीच विपिनलाई छुटाउन कुराकानी
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गरेकी छिन् ।
मंगलबार साँझ परराष्ट्रमन्त्री डा.राणाले इजरायलका विदेशमन्त्री गिडियनसँग टेलिफोन सम्वाद गरी हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी हुन् ।
हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा.राणाले विपिन जोशीको रिहाइका लागि निरन्तर पहल गरिरहेकी छिन् । उनले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री गिडियनमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले इजरायल सरकारले विपिन जोशीसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिएकी छिन् । नेपाली युवा विपिन जोशीलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि उनले विशेष आग्रह गरेकी छिन् ।
जवाफमा इजरायलका विदेशमन्त्री गिडियनले विपिन जोशीको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी गराएका छन् ।
परराष्ट्रमन्त्री डा.राणाले कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकोमा पनि इजरायलका विदेशमन्त्री गिडियनले खुसी व्यक्त गरेका छन् ।
हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले डा.मोहम्मदको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्री गिडियनको भनाई छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया