एमाले मन्त्री भण्डारीको करामतले कोशीको बगरछेउमा ‘विचौलिया’हरूलाई फाइदा
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rewatiraman-Adhikari.jpg?resize=810%2C455&ssl=1)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्ल अधिकारी मानव तस्करी आरोपमा समातिए ।
केन्द्रमा समेत एमालेकै सरकार रहेकाले यो मुद्दाबाट उनी उम्किन सफल भए । उनलाई मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको थियो ।
मानव तस्करी आरोप लागेर उनी पक्राउ परेपछि उनको ठाउँमा आएका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण अधिकारीले पनि विवादित काम गर्न थालेका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ४, रुम्जाटारमा स्थापना गरेको यातायात व्यवस्था कार्यालयलाई उनले जग्गाधनी र विचौलियाहरूको स्वार्थअनुसार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–२, हर्कपुरमा सार्ने प्रपञ्च थालेका छन् ।
केही सेवा मात्रै विस्तार गर्ने भन्दै उनले कार्यालय सार्न खोजेको ठाउँमा कोशीको बगरछेउमा पर्छ, जहाँ नेकपा (एकीकृत समाजवादी)का नेता हंसराज वाग्ले, उनका दाइ घरजग्गा व्यवसायी इच्छाराज वाग्ले, व्यवसायी जयबहादुर श्रेष्ठहरूको कैयौं रोपनी जग्गा छ ।
मन्त्री भण्डारीले यही समूहको स्वार्थमा यातायात कार्यालय रुम्जाटारलाई हर्कपुर सार्न खोजेको आशंका छ । रुम्जाटारमा कतिपय सेवाग्राहीलाई अपायक परेको मन्त्री भण्डारीको दाबी छ । तर, भूगोल हेर्दा उनको दाबी सही ठहरिँदैन । किनकि, उदयपुरको घुर्मी छेउको कोशी बगरमा कार्यालय खोलेर रुम्जाटारमा भन्दा बढी सेवाग्राहीले सेवा पाउँदैन देखिँदैन ।
सिन्धुलीको खुरकोटमा, रामेछापमा, उदयपुरको गाइघाटमा यातायात कार्यालयहरू छन् । ओखलढुङ्गासहित खोटाङ, सोलुखुम्बुका सेवाग्राहीले रुम्जाटार अपायक परेको भनी आधिकारिक निकायमा कुनै गुनासो पनि गरेका छैनन् ।
तर, मन्त्री भएको दुई महिना नहुँदै भण्डारीले रहस्यमय तरिकाले रुम्जाटार कार्यालयमा आँखा लगाएपछि स्थानीयवासी शसंकित भएका छन् ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200&ssl=1)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया