कानूनमन्त्री र मुख्य सचिवलाई साथमा राखेर प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलसँग भेट
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री, मुख्यसचिव लगायतलाई साथमा राखेर प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीले भेट गरेका हुन् । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन । उनीहरूका बीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीचको भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायतको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री ओलीले यसअघि राष्ट्रपति पौडेलसँग भेट गर्दा कानूनमन्त्री र मुख्यसचिवलाई एकसाथ राख्दैन थिए । ओलीले पहिलो पटक कानूनमन्त्री चौरियालाई पनि राखेर राष्ट्रपति पौडेलसँग भेट गरेपछि विभिन्न अड्कलबाजी भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया