कांग्रेस–एमाले संयन्त्रको बैठक, कांग्रेस उपसभापति खड्कालाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कांग्रेस–एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मेवारी प्रदान गरिएको छ ।
बुधबार सिंहदरबारमा बसेको संयन्त्रको बैठकले उपसभापति खड्कालाई पुनः संयोजनको जिम्मेवारी प्रदान गरेको हो । संयन्त्रले आफ्नो जिम्मेवारीअनुसारको काम गर्दै आएको छ ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा दुबै पार्टीबाट चार–चार जना सदस्य छन् ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा छन् ।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
सरकारका काम प्रभावकारी बनाउन कांग्रेस र एमालेले कातिक १५ गते संयन्त्र बनाएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया