अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा नेपाल वायुसेवा निगमबारे सुझाव दिन उपसमिति गठन
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ ।
बिहीबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन गरिएको सभापति राजकिशोर यादवले बताए । उपसमितिको सदस्यमा सांसदहरू छिरिङ ल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल रहेका छन् ।
सभापति यादवले नेपाल वायुसेवा निगम अध्ययन उपसमितिले एक महिनाभित्रमा प्रतिवेदन पेश गर्ने बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका बारेमा पनि समितिले आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले बताए ।
Published : Thursday, 2025 January 9, 12:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया