परराष्ट्रमन्त्री डा.राणाद्वारा अमेरिकाका पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जलि व्यक्त, शोक पुस्तिकामा हस्ताक्षर
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अमेरिकाका पूर्व राष्ट्रपति तथा नोबेल पुरस्कार विजेता जिम्मी कार्टरप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।
शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित नेपालका लागि अमेरिकन राजदूतावासमा पुगेर डा.राणाले स्व.कार्टरप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी हुन् ।
अमेरिकी राजदूतावासमा राखिएको शोकपुस्तिकामा परराष्ट्रमन्त्री डा.राणाले हस्ताक्षर गरेको निजी सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘जिम्मी कार्टर परोपकार, शान्ति र लोकतन्त्रमा एक अनुकरणीय व्यक्तित्वको रूपमा खडा हुनुभयो । मानवअधिकार र लोकतान्त्रिक मूल्यमान्यतालाई अक्षुण राख्न उहाँको योगदानको व्यापक प्रशंसा भएको छ ।’
‘उहाँ नेपालका सच्चा मित्र र शुभेच्छुक हुनुहुन्थ्यो । उहाँको शान्ति र परोपकारको विरासतलाई सँधै सम्झिने छौँ । उहाँको योगदान संसारभरिका मानिसहरूका लागि प्रेरणाको रूपमा लिने छन् ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया