एमालेभित्र उथलपुथल भइरहेका बेला ओली र भण्डारीबीच भेटवार्ता
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ ।
बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित भण्डारीको विनासीमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा एमालेको आन्तरिक राजनीतिका विषयमा कुराकानी भएको बुझिएको छ ।
करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।
एमालेले नेता भीमबहादुर रावललाई पार्टीबाट कारबाही गरेर निष्काशन गरेको दुई दिनपछि ओलीले भण्डारीसँग भेट गरेका छन् । भण्डारी पनि एमालेका राजनीतिमा सक्रिय हुने चर्चा चलेको छ ।
Published : Thursday, 2025 January 2, 8:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया