मोटर साइकललाई ट्रकले ठक्कर दिँदा राप्ती गाउँपालिकाका युवकको मृत्यु
मसुरिया । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा सवारी दुर्घटना हुँदा १८ वर्षीय सोनु गुरुङको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ६ बजे राप्ती गाउँपालिका वडा नं. २ कटेस नालामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले विज्ञप्तिमार्फत जनाएको छ ।
सुर्खेतबाट भैरहवा जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले बिपरित दिशातर्फबाट आउँदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सोनु गुरुङ गम्भीर घाइते भएका थिए ।
राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुर बस्ने सोनु गुरुङलाई तत्काल उपचारको लागि भालुवाङ अस्पतालमा पठाइएको थियो । उनको उपचारका क्रममा साँझ सात बजे चिकित्सकले मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले ट्रक र ट्रक चालक रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४१ को सोम तामाङलाई नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया