सिरियाबाट भारतले आफ्ना नागरिकलाई सुरक्षित निकाल्यो
नयाँदिल्ली । सिरियाबाट भारतले आफ्ना नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालेको छ ।
भारतले ७५ जनालाई सिरियाबाट सुरक्षित रुपमा निकालेको हो । ७५ जनामा जम्मू कश्मीरका ४४ तीर्थयात्रीहरू छन् । उनीहरू साइबा जैनबमा फसेका थिए ।
भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘सबै भारतीयहरूलाई सुरक्षित रूपमा लेबनान लगिएको छ, जहाँबाट उनीहरू व्यावसायिक उडानमार्फत् भारत आउनेछन् ।’
विदेश मन्त्रालयले सिरियामा रहेका सबै भारतीयहरूलाई दमास्कसस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहन आग्रह गरेको छ ।
गत हप्ता सिरियाको तत्कालीन असद सरकारविरुद्ध विद्रोह भएको थियो, त्यसपछि बसर अल असदले सिरिया छोडेर रुस भागेका छन् । सिरिया अहिले विद्रोही समूहको नियन्त्रणमा छ ।
Published : Wednesday, 2024 December 11, 11:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया