सोलुखुम्बु कांग्रेसका नेता गुरुङलाई पत्नी शोक, पशुपति आर्यघाटमा दाहासंस्कार
काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् तत्कालीन समयमा पवै गाविसका पूर्वअध्यक्ष बलबहादुर गुरुङकी पत्नी मोहनकुमारी गुरुङको निधन भएको छ ।
सोमबार राति काठमाडौंमा मोहनकुमारीको ७२ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले बताए । शेर्पाका अनुसार मंगलबार बिहान पशुपति आर्यघाटमा मोहनकुमारी गुरुङको अन्तिम दाहासंस्कार भएको छ । मोहनकुमारी गुरुङले काठमाडौंमा क्यान्सर रोगको उपचार गराउँदै आएकी थिइन् ।
मोहनकुमारी गुरुङलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय आङगेलु शेर्पा र बलबहादुर केसीसहितका नेताहरूले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् । श्रद्धाञ्जलिका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू पशुपति आर्यघाटमा जम्मा भएका थिए ।
स्व.मोहनकुमारी गुरुङलाई एमालेका नेता समेत रहेका रक्षामन्त्री मानवीर राईले पनि पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया