भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनलाई भन्सारमै सडक अनुमति दिने व्यवस्था गरौँ : कांग्रेस नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनलाई भन्सारमा नै सडक अनुमतिपत्र दिनुपर्ने व्यवस्थाको माग गरेका छन् ।
पूर्वसांसद समेत रहेका नेता शाहले भारतीय नम्बर प्लेटका सवारी साधनलाई रोड परमिटका विषयमा सरकारले भन्सारमा नै कार्यालय स्थापना गरेर सुविधान दिनुपर्ने बताए ।
उनले भने, ‘भारतबाट आउने स्थल/रोड यात्रीहरूलाई भंसारसँग सँगै रोड पर्मिटको पनि भंसार कै कार्यालयबाट कर लिने व्यवस्था मिलाउनुपर्छ । सम्बन्धित निकायको ध्यानाकर्षण होस् । जय नेपाल ।’
भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधन र यात्रु बोकेका सवारी साधनलाई सडकमा ट्राफिक प्रहरीले चेकजाँचका नाममा निकै सास्ती दिने गरेको गुनासाहरू आइरहेका बेला कांग्रेस नेता शाहले भन्सार कार्यालयमा सडक अनुमतिपत्र दिनुपर्ने व्यवस्थाको माग गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया