लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक दोस्रो महोत्सव, शिखा शर्माको कथक नृत्य प्रस्तुत
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/4-1.jpg?resize=825%2C510&ssl=1)
लुम्बिनी । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको छ ।
आइतबार लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरिएको हो । बौद्ध धर्ममा विशेष केन्द्रित हुँदै यस महोत्सवले दुवै भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा र परम्परालाई मनाइएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/3-2.jpg?resize=941%2C679&ssl=1)
कार्यक्रमलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवको उपस्थिति रहेको थियो ।
आइतबार साँझमा दुवै भारत र नेपालका प्रख्यात कलाकारहरूको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण श्रीमती शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति थियो । यो प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)ले सहयोग गरेको थियो । कार्यक्रममा श्री स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/2-2-1024x683.jpg?resize=1024%2C683&ssl=1)
महोत्सवको एक हिस्साको रूपमा आइतबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा विषयकमा शैक्षिक गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरू सहभागी रहेका थिए । उनीहरूले दुवै देशका बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्वका बारेमा आफ्नो बहुमूल्य अन्तर्दृष्टि साझा गरेका छन् ।
गोष्ठी कार्यक्रममा कथक नृत्यांगना श्रीमती शिखा शर्मा र उनको नृत्य समूहले कथक नृत्यकलाबारे जानकारी गराउँदै रुपन्देहीको रोहिणी–३ स्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीसँग कुराकानी गरेकी छिन् । विद्यालयको भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा निर्माण गरिएको हो ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/8-2.jpg?resize=733%2C744&ssl=1)
अन्तरक्रियाले भारतीय शास्त्रीय नृत्यको समृद्ध सम्पदालाई प्रवर्द्धन गर्नुका साथै विद्यालयका युवा विद्यार्थीमाझ भारतीय कलाका विविध प्रकारमा गहिरो अभिरुचि राख्न प्रेरित गरेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कथक नृत्य समूहले काठमाडौं र पोखरामा पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछ । जनता–जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै र हाम्रो सांस्कृतिक सम्पदालाई मनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपालबीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । कार्यक्रमले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई जोड दिएको छ ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/5-1-1024x683.jpg?resize=1024%2C683&ssl=1)
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200&ssl=1)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया