कांग्रेस नेता बस्नेतद्वारा घोर्थलीमा बर्थिङ सेन्टर भवनको उद्घाटन
घोर्थली । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको घोर्थलीमा बर्थिङ सेन्टरको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
बुधबार कांग्रेस नेता बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ घोर्थलीस्थित स्वास्थ्य चौकीको बर्थिङ सेन्टरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सुत्केरी र बच्चाको स्वास्थ्यका लागि सुरक्षित मातृत्व गराउन बर्थिङ सेन्टरको भवन निर्माण गरिएको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश सभाकी सदस्य मसिना खड्का भण्डारी, त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख भक्तध्वज बोहोरा, बाह्रबिसे नगरपालिका मेयर समेत रहेका नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2024 December 5, 11:03 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया