तरुण दलका कोशी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला भोजपुरमा, अध्यक्ष गुरुङले उद्घाटन गर्ने
भोजपुर । कोशी प्रदेशबाट नेपाल तरुण दलमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको भेला भोजपुरमा मंसिर अन्तिम साता आयोजना हुने भएको छ ।
भेला मंसिर २९ र ३० गते हुने तरुण दल भोजपुरले जनाएको छ । भेलालाई नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको सम्बोधन गर्नेछन् । उनले संगठनका विषयमा निर्देशन पनि दिनेछन् ।
नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिमा रहेका कोशी प्रदेशका केन्द्रीय सदस्यहरूलाई एकै ठाउमा जुटाएर संगठनको साझा धारणाका विषयमा छलफल हुनेछ ।
तरुण दलका कोशी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला आयोजना गरिएको भोजपुर तरुण दलका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य जनक घलेले बताएका छन् । मंसिर २९ गते भोजपुरको सदरमुकाममा तरुण अध्यक्ष गुरुङले उद्टन गर्ने घलेले बताए ।
कार्यक्रम ३० गते भोजपुर र खोटाङको सिमानामा रहेको पर्यटकीय क्षेत्र टेम्के डाडाको अवलोकन र वनभोजमा सहभागी भएपछि समापन हुने नेपाल तरुण दल भोजपुरका अध्यक्ष ज्योति पौडेलले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया