सानीभेरीमा तरुण नेतामाथि आक्रमण, तरुण दलद्वारा अपराधीलाई कारबाहीको माग
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दल रुकुम पश्चिमका जिल्ला कार्यसमितिका सदस्य अजय बाठा मगरमाथि ज्यान मार्ने उद्देश्यले धारिलो खुडा प्रहार भएको भन्दै घोर निन्दा एवम् भर्त्सना गरेका छन् ।
सोमबार अध्यक्ष गुरुङले विज्ञप्ति जारी गरेर तरुण जिल्ला सदस्य मगरमाथि सांघातिक हमला गर्ने समूहलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । गुरुङले समाजमा शान्ति सुरक्षाको व्यवस्था बनाउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।
सानीभेरी गाउँपालिका वडा नं. ५ घ्युढुङ्गामा संगठित अपराधमा कृयाशील रहेका डिल्ली परियार, गोविन्दी ओली लगायत ८/१० जनाको समूहले तरुण दलका सदस्य मगरलाई मंसिर १६ गते धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ ।
हालै सम्पन्न उपनिर्वाचनको मत परिणामप्रति असन्तुष्टि जनाउने नाममा कोही पनि व्यक्तिमाथि सांघातिक आक्रमण हुनु लोकतन्त्रको उपहास भएको तरुण दलका अध्यक्ष गुरुङले बताएका छन् ।
उनले भने, ‘यस्ता किसिमको अराजक गतिविधि गरी सामाजिक अमनचयन खलबलाउने प्रवृत्तिको निस्तेज पार्न सम्बन्धित निकायले उचित भूमिका खेलोस भनी तरुण दल जोडदार ध्यानाकर्षण गराउँदछ ।’
तरुण दलका अध्यक्ष गुरुङले भने, ‘दोषीलाई हदैसम्मको कारबाही गरी पीडितलाई न्याय दिन नेपाल तरुण दल केन्द्रीय कार्यसमिति सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया