मनहरीबाट ठूलो परिमाणमा गाँजा, कन्टेनर र मानिस पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५६ किलो गाँजासहित २७ वर्षीय अनिलकुमार थिङलाई पक्राउ गरेको छ ।
आइतबार ५ः३० बजे विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरीको ज्यामिरेबाट कन्टेरमा रहेको गाँजासहित थिङलाई पक्राउ गरेको हो ।
पूर्वपश्चिम महेन्द्रराजमार्ग सडकखण्डमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना.६ ख २३४४ नम्बरको कन्टेनर गाडीमा चेकजाँच गर्दा मनहरी गाउँपालिका वडा नं. ८ सिमपानी बस्ने थिङलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कन्टेनरको चालक बस्ने सिटमाथि क्याबिनको भागमा लुकाई छिपाई राखी ल्याइएको अवस्थामा ५६ किलो लागूऔषध गाँजा फेला परेको थियो ।
गाँजा, कन्टेनर गाडी सहित थिङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया