घोराहीमा कौडा खेल्ने १७ जना पक्राउ, रकम पनि बरामद
घोराही । दाङबाट प्रहरीले कौडा खेल्दै गरेका अवस्थामा १७ जनालाई रकमसहित पक्राउ गरेको छ ।
आइतबार राति घोराही उपमहानगरपालिका वडा नं. १५ अमृत टोलमा ठाकुर खनालले कौडा खेलाइरहेको निवासमा प्रहरीले छापामारेर पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
खनालले पैसाको हारजित हुने गरी जुवाको रुपमा कौडा खेलाई रहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोलीले छापामारेको थियो ।
जुवा कौडा खेलिरहेको अवस्थामा कौडा थान–१६, कौडा खेल्नको लागि भुइँमा ओछ्याएको चेकवाला तन्ना थान–१, बिभिन्न दरको नेपाली रुपियाँ एक लाख बाउन्न हजार पचपन्न रुपियाँसहित १७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको सोमबार जारी प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
Published : Monday, 2024 December 2, 8:54 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया