एमालेले गोरखा नगरपालिका वडा नं. ५ गुमायो, रास्वपाको जमानत जफत

गोरखा । गोरखा जिल्लामा वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भएका छन् ।
आइतबार राति सार्वजनिक निर्वाचन कार्यालयको नतिजाअनुसार गोरखा नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा माओवादीका मगर निर्वाचित भएका छन् ।
माओवादीका मगरले ४८६ मत प्राप्त गरेका छन् । मगरले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार भाईकाजी आलेलाई ८४ मतान्तरले पराजित गरेका हुन् । कांग्रेस आलेले ४०३ मत प्राप्त गरेका छन् ।
तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार दुर्गामाया थापाले ३४५ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मग्लबहादुर थापाले ८२ मत मात्रै प्राप्त गरेका छन् । रास्वपाका थापाको जमानत जफत भएको छ ।
२०७९ सालको उपनिर्वाचनमा नेकपा (एमाले)ले यो वडामा जितेको थियो । यस पटक एमालेले वडाध्यक्ष पद गुमाएको छ । माओवादीले गोरखा नगरपालिका वडा नं. ५ बाट खाता खोलेको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया