समाजका लागि सोचेर राजनीति गरौं, आफ्नो मात्र चिन्ता गरेर राजनीति हुँदैन : डा.काेइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले समाजका लागि सोचेमात्रै राजनीति हुने बताउँदै आफ्नो मात्र चिन्ता गरेर राजनीति भएको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा डा.काेइरालाले नेपाली समाज वर्षौं पुरानो रहेको बताए । उनले त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताएका छन् ।
‘आज मान्छेले वीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो । किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो,’ उनले भने, ‘उहाँले आफ्नो जीवन अरुका लागि व्याप्त गर्नुभयो । मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन ।’
नेपाली कांग्रेसले वीपी कोइरालाका विचार अंगालेर अघि बढ्न जरुरी रहेको डा.काेइरालाले बताएका छन् । उनले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए ।
‘हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । बीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ,’ उनले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया