रविकाे मुद्दा दर्ता भएपछि एमाले नेतृ मीना पनि पक्राउ
काठमाडौं। फरार रहेकी एमाले नेतृ एवम् गण्डकी प्रदेशसभाकी पूर्व सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेकाे छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा एमाले नेतृ गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । मंगलबार प्रहरीले गुरुङलाई पोखरा महानगरपालिका वडा नं.१२ रानीपौवास्थित घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्तकुमार शर्माले बताए ।
एमाले नेतृ गुरुङ सूर्यदर्शन सहकारीको स्थापनाकालदेखि नै आबद्ध थिइन् । उनी सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङलाई फरार प्रतिवादी बनाएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्ति र संस्था गरी ६३ जनाविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया