मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास
मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
शनिबार उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले जनताको सेवामा आफूले सधै सहयोग गर्ने बताए । उनले प्रशासनिक भवन बनेपछि जनप्रतिनिधिहरूलाई जनताको काम गर्न सहज हुने बताए ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले स्वागत गरेका थिए ।
लामो समयदेखि भाडाको घरबाट सेवा दिँदैआएको मनहरी गाउँपालिकाको अब आफ्नै भवन निर्माण हुने भएको छ ।
Published : Saturday, 2024 December 21, 9:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया