कांग्रेस केन्द्रीय सदस्य कोइरालाका पिताको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य दिनेश कोइरालाका पिता एवं प्रजातन्त्र सेनानी भीष्मकान्त कोइरालाको निधन भएको छ ।
भीष्मकान्तको मंसिर ११ गते निधन भएको कांग्रेसले जनाएको छ । शोक वक्तव्य जारी गरेर कांग्रेसले भीष्मकान्तको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
विक्रम संवत् १९९८ असोज १८ गते जन्मिएका भीष्मकान्त चितवनको भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर निवासीमा बस्दै आएका थिए । भीष्मकान्त कोइराला नेपाली कांग्रेस गाउँ कार्यसमितिको पूर्व सदस्य एवं सल्लाहकार पनि थिए ।
स्व.कोइरालाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको शोक वक्तव्यमा उल्लेख छ ।
स्व.कोइराला विभिन्न संघ संस्थामा आवद्ध रहेका थिए । उनी सामाजिक क्षेत्रमा समेत संलग्न रहँदै आएका थिए । कोइरालाको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
भीष्मकान्त कोइरालाको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ’, शोक वक्तव्यमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया