सेनाको रथीमा बढुवा भएका के.सी.लाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रदीपजंग के.सी.लाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
शुक्रबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी के.सी.लाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
के.सी. नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम मंसिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका थिए । पदोन्नतिसँगै रथी के.सी. बलाध्यक्षमा नियुक्त भएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Friday, 2024 November 29, 7:13 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया