कोशी कांग्रेसको सम्मेलन मंसिर २२ गते, सभापति देउवाले उद्धाटन गर्ने
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिको पहिलो सम्मेलन मंसिर २२ गते हुने भएको छ ।
विराटनगरमा हुने सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कोशी कांग्रेसका महामन्त्री भूपेन्द्र राईले बताए । सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि नगर गाँउकार्यसमि सभापति, भातृ तथा शुभेच्छुक सस्थाका प्रमुखहरू सहभागिता हुनेछ ।
सम्मेलनमा प्रदेश समितिको दुई वर्षे कार्यकालको समीक्षा हुने सभापति उद्धव थापाले बताएका छन् । प्रदेश समितिले पुस १६ गतेदेखि सात महिने सांगठनिक अभियान पनि सञ्चालन गर्नेछ ।
राष्ट्रिय मेलमिलाप दिवस र शहिद दिवशको अवसर पारेर नेपालको होचो स्थान झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म सात महिने सांगठनिक जागरण अभियान सञ्चालन हुने सभापति थापाले बताए ।
सभापति थापाले १ महिनामा २ वटा जिल्लाका दरले अभियान सञ्चालन हुने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया