परराष्ट्रमन्त्री डा.राणा बिहीबार चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गर्ने भएकी छिन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा बिहीबार डा.राणा बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङको निमन्त्रणमा परराष्ट्रमन्त्री डा.राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी ओलीको चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् । परराष्ट्रमन्त्री डा. राणा मंसिर १५ गते स्वदेश फर्कने कार्यतालिका छ ।
विदेशमन्त्री वाङ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया