युवाहरूलाई विदेशिनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु पर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत युवाहरूलाई विदेशिनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले प्रजनन् स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको बताए ।

उनले भने, ‘बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत हामीले हाम्रा युवाहरूलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु नै महत्वपूर्ण छ ।’

‘प्रजनन् स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको छ’, उनले भने, ‘जलवायु परिवर्तनले पारेको प्रभाव लगायत विषयलाई पनि मध्यनजर गर्दै सम्मेलनले मावन हितका सम्बन्धमा मार्गनिर्देशन गर्ने अपेक्षा गर्दछु ।’

सभापति देउवाले भने, ‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एशियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षताअनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको छ ।’

‘यदि हामीले युवाहरूलाई उत्पादकत्व क्षेत्रमा नवीन आविष्कार सहितको उद्यमशीलतामा लगाउन सकेनौँ भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ’, सभापति देउवाले भने ।

सभापति देउवाले जलवायुजन्य असरले पार्ने प्रभाव र दक्ष जनशक्ति प्रयोगका सम्बन्धमा सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरेका छन् ।

Published : Wednesday, 2024 November 27, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया